Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जीप अनियन्त्रित भएर बन्दै गरको घरमा ठोक्किन पुग्दा ६ जनाको ज्यान गयो - Update


कात्तिक २६, पूर्बी नवलपरासीको दलदले बुलिगँटार सडक खण्डको देबचुली नगरपालिकाको गोरे घुम्तीमा आज भएको बोलेरो जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजनाको गम्भीर अबस्थामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्बले जनाएको छ ।


ग १ ज ३२७० नम्बरको बोलेरो जीप अनियन्त्रीत भई ओमराज अधिकारीको बन्दै गरेको घरमा ठोक्किएको थियो ।


जिल्लाको अर्खलाबट दलदले आउँदै गरेको बोलेरो जीप बिहान देबचुली नगरपालिकाको वडा नं ६ को गोरेघुम्तीमा सडकबाट एक सय ५० मीटर तल ओमराज अधिकारीको घरमा ठोक्किन पुगेको थियो ।


जीपमा सवार सात मध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । मृतकको हालसम्म नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom