Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

माल्टा पुगेका एक नेपालीलाई तीन वर्ष जेल सजाय - Update

 


कात्तिक १६, माल्टा पुगेका एक नेपालीलाई कैद सजाय सुनाइएको छ । युरोपियन मुलुक माल्टा पुगेकी  नेपालकी २५ वर्षीय मधु सापकोटालाई तीन वर्षको जेल सजाय सुनाइएको हो ।

७४ वर्षीय महिलालाई सामान्य चोटपटक पुर्‍याएको र पर्स चोरेको अभियोगमा उनलाई  तीन वर्ष जेल सजाय सुनाइएको खबर छ ।

गत २७ जुलाई दिउँसो ३:३० बजे सडकमा हिँडिरहेकी एउटी वृद्ध महिलामाथि हमला गरी पर्स चोरी भएको र प्रहरीको अनुसन्धान बाट सापकोटाको पहिचान भएपछि उनलाई उक्त सजाय सुनाइएको हो ।

त्यहाँका प्रहरीका अनुसार सापकोटाले आरोप स्वीकार गर्दै आफ्नो कार्यप्रति खेद प्रकट गरेकी थिइन् ।

सजाय सुनाउँदै मजिस्ट्रेट जो मिफसुदले वृद्धहरूलाई पूर्ण सुरक्षा दिनु सबैको दायित्व रहेको बताएका छन्  । 

Top Post Ad

post bottom ads

Ads Bottom