Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाका प्रितम सहित ३ जनाले युक्रेन रुसी युद्धमा ज्यान गुमाए - Update

मङ्सिर १३,
लामो समयदेखि जारी रुस र युक्रेन युद्धमा परी रुसी सेनामा आवद्ध रहेका तीन जना नेपालीको ज्यान गएको  छ ।
नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् । 
स्याङ्गजा पुतलीबजार नगरपालिका वडा नम्बर ५ ठुल्स्वारा निवासी प्रितम लगायतको युक्रेनको हवाई आक्रमणबाट ज्यान गएको पुष्टि भएको हो 

रसियन सेनामा भर्ती भएर तालिम गरिरहेका उनीहरुको गत कात्तिक २९ गते नै मृत्यु भए पनि परिवार र आफन्तले मंसिर ११ गते मात्रै मृत्युको खबर पाएको जनाइएको छ । 

युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरूको गत १५ नोभेम्बर (कात्तिक २९) गते मृत्यु भएको हो ।

दोलखाका रोक्का दुई महिनाअघि मात्र रूसी सेनामा भर्ना भएका थिए । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए ।

रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले नेपाली मारिएको घटनाको रुसी सेनामा खोजी भइरहेको जानकारी दिए । 

Top Post Ad

post bottom ads

Ads Bottom