Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३३ पुग्यो - Update


कात्तिक १८, शुक्रवार राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय ३३ पुगेको छ ।


भूकम्पबाट सबैभन्दा बढी प्रभावित जाजरकोटमा ९५ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यसैगरि दुबै जिल्लामा गरी एक सय ६० जना भन्दा बढी घाइते भएका छन् ।


दूर्गम र विकट ठाउँ भएका कारण कतिपय गाउँसम्म सडक सम्पर्क टुटेको र सञ्चार सम्पर्क समेत विच्छेद भएका कारण क्षतिको यकिन विवरण अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।


भूकम्पमा परी नलगाड नगरपालिकाकी उपप्रमुख रसिता सिंहको समेत मृत्यु भएको छ । शुक्रवार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पपछि पटक त्यहाँ भूकम्पको परकम्पहरु गएको र यस्तो परकम्पको संख्या एक सय भन्दा बढी भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom