Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रहरीको गोली लागेर एक जनाको ज्यान गयो , केही घाइते


पुस १३, ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ ।


प्रर्दशनमा प्रहरीको गोलि लागेर किष्ट अस्पतालमा उपचारत २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । गोली लागि अर्को एक जना गंभिर घाइते भएका छन् । उनको उपचार भइरहेको अस्पताले जनाएको छ । उक्त समुहका अन्य केही पनि घाइते भएको अनुमान गरिएको छ ।


शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले बालकुमारीमा प्रदर्शन गरेका थिए । प्रर्दशनकारीहरुले भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom