Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई दियो१५३ रनको चुनौती


मङ्सिर २२ गते। एसिसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको चुनौती दिएको छ। 


संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी एकेडेमी ओभल २ मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४७.२ ओभरमा पूरै विकेट गुमाउँदै १५२ रन बनाएको हो। 


नेपालका लागि उत्तम मगरले ७६ बलको सामना गर्दै तीन चौका र २ छक्काको मद्दतमा ५१ रन बनाउनुभयो। दिपेश कँडेलले ५९ बलको सामना गर्दै ३१ रन बनाउनुभयो भने अर्जुन कुमाल २१ रनमै आउट हुनुभयो। सिनियर टिममा समेत उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका गुल्सन झा चार बल खेल्दै १ रनमै आउट हुनुभयो। पाकिस्तानका बलरसामु नेपाली ब्याटिङ नचल्दा मध्यम स्कोर बनाएको  हो। 


पाकिस्तानमा मोहम्मह रिजवान एक्लैले ६ विकट लिनुभयो। 

Top Post Ad

post bottom ads

Ads Bottom