Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रु बाहक बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते - Brighter Khabar


पुस ३ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोक्किँदा ४ जना गम्भीर घाइते भएका छन्  ।


मङ्गलवार अन्दाजी पौने ६ बजे दाङबाट बुटवलतर्फ जाँदैगरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बसले ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । रोकिएको ट्रकमा ठक्कर दिँदा बसमा बसेका ४ यात्रु च्यापिएका थिए । 


बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले जानकारी दिए  । प्रहरीका अनुसार  बसमा च्यापिएकाको उद्धार गरिएको छ । नेपाल प्रहरी, शमशेर दल गणका नेपाली सेना र स्थानीयको प्रयासमा उद्धार कार्य गरिएको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom