Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो - Brighter Khabar


मङ्सिर २४ गते । मकवानपुर थाहा नगरपालिका ९ स्थित चित्लाङमा शनिवार साँझ बस र मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।


काठमाडौँबाट चित्लाङ जाँदै  गरेको बा.४ख ८७७३ नं. को बस र विपरीत दिशाबाट आउँदै गरेको बा.६५प ४१७३ नं. को मोटरसाइकल चित्लाङको भित्री सडक खण्डमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।


प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक थाहा नगरपालिका १० का ३० वर्षीय मनोज गमालको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार सोही स्थानका ४८ वर्षीय शम्भु गमाल घाइते भएका छन् । मोटरसाइकल, बस र बस चालकलाई प्रहरी नियन्त्रणमा लिइएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom