Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मुख्यमन्त्री सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार - Brighter Khabar


मङ्सिर २६ गते । झापाको दमकमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि मुक्का र ढुङ्गा प्रहार भएको छ ।


दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक आउने क्रममा आफूलाई पहिचानवादी बताउने समूहले कालोझण्डा देखाउँदै मुख्यमन्त्री कार्की सवार भएकाे कार रोक्ने प्रयास गरेका थिए ।


अगाडि र पछाडि प्रहरीको भ्यानसहित बीचमा आइरहेको मुख्यमन्त्री कार्कीको सवारी कार्यक्रमस्थलमा मोड्ने क्रममा गति कम भएको मौका छोपेर एउटा हुलले मुख्यमन्त्रीको सवारीमा मुक्का तथा पञ्जाले हानेकाे थियो । पहिचानवादी बताउने समूह बिहानैदेखि कालोझण्डा लिएर दमक चोकमा बसेको थियो ।


मुख्यमन्त्रीको सवारी साधनमा सामान्य क्षति भए पनि मुख्यमन्त्री कार्की तथा गाडीमा सवार कसैलाई पनि क्षति नपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीका अनुसार मुख्यमन्त्रीको सवारीमा आक्रमण गर्नेहरुको पहिचान र खोजी कार्य सुरु भएको छ ।


प्रहरीले बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन गरे पनि अप्रत्याशित रुपमा केही व्याक्ति आएर एकाएक मुख्यमन्त्रीको सवारी रोक्ने र ढुङ्गा हान्ने काम भएको रेग्मीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom