Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कवाडी गोदाममा भएको आगलागीबाट ३ जनाको ज्यान गयो - Brighter Khabar


मङ्सिर २१, विराटनगर महानगरपालिकाको वडा नं ७ सातघुम्ति स्थित कवाडी गोदाममा भएको आगलागीका घाइते सुनिता कामतको मृत्यु भएकाे छ । 

नेपाली सेनाको स्काई ट्रकबाट किर्तिपुर स्थित बर्न अस्पतालमा लगिएकी सुनिता कामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रंजन दाहालले जानकारी दिनुभयो । यससंगै आगलागीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

आगलागीबाट कवाडी संचालक दीपक मण्डल र सुशिला पासमानकाे मृत्यु भएकाे थियाे ।  घाइते मध्ये रिता सरदारको स्थिति चिन्ताजनक रहेको र अन्य घाइतेहरु विराटनगर महानगरपालिका वडा नं ६ का किशोर पासमान र कटहरीकी पिंकी कामतको स्थिति सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ ।

परफ्युमको बट्टा फुटाल्ने क्रममा कवाडीमा आगलागी भएको कवाडीमा काम गरिरहेका कामदार किशोर पासमानले बताउनु भयो ।

Top Post Ad

post bottom ads

Ads Bottom