Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज एकाबिहानै बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो - Brighter Khabar


पुस ९ गते । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले मृत्यु हुनेमा मोटरसाइकलमा सवार दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई र अर्को एक जना पुरुष रहेको जानकारी दिनुभयो । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक सिलवालले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom