Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल दुर्घटनामा परेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु - Brighter Khabar


पौष २, दाङको गढवामा भएको मोटरसाइकल दुर्घटनामा परेर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ बालापुरमा आइतबार दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो ।


रा ५ प ३४२५ नम्बरको मोटरसाइकलमा सवार गढवा ६ हांसीपुर निवासी २० वर्षीय प्रविण चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिनुभयो ।


रा ५ प ३४२५ मोटरसाइकल सवार गढवा–६ गढवा निवासी ३९ बर्षिय मोहन कुमार यादव घाईते हुनु भएको छ । घाइते यादवको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।


त्यसैगरी रा ३ प ८७२९ नम्बरको मोटरसाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ हाँसीपुर निवासी २६ बर्षिय करण चौधरीको लमही अस्पतालमा उपचार डिस्चार्ज भएको प्रहरीले बताएको छ । मोटरसाइकल चालक चौधरीलाई इलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा राखेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom