Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एकाबिहानै गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु - Brighter Khabar


मङ्सिर १६, धुलिखेल नगरपालिका वडा न. ११ स्थित (विपि राजमार्ग) पात्लेखेतमा आज बिहान गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

भकुण्डेबेशीबाट काठमाडौं आउँदै गरेको प्र–१–०१–००१ च ८५९२ नं गाडीको ठक्करबाट स्थानीय यमुनाप्रसाद धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिएपछि घाइते भएका धिताललाई धुलिखेल अस्पताल लगिएको र निजको उपचारका क्रममा मृत्यु भएको हो ।


धिताल विन्धवासिनी सहकारीमा कार्यरत कर्मचारी रहेको बुझिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom