Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

३ पटकसम्म चोरी मुद्दामा पक्राउ भइसकेको बालक पुनः २ वटा चोरीको स्कुटर सहित पक्राउ - Brighter Khabar

मङ्सिर २४, पोखरामा स्कुटर चोरी गर्ने १ जना बालक पक्राउ परेका छन्  ।  बागलुङ स्थायी घर भई हाल  कास्की पोखरा महानगर महानगरपालिका वडा नं.१६ दीप बस्ने वर्ष १७ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

 ग १४ प २०३४ नम्बरको स्कुटर सहित फेला पारेको र पछि सोधपुछ गर्दै जाँदा ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको भेटिएको कास्की प्रहरीले जनाएको छ  । 

वडा नं.३ नदीपुर स्थित पार्किङ गरी राखेको ग १४ प २०३४ नम्बरको स्कुटर र जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १ बगर स्थित पार्किङ गरी राखेको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी भएको भन्ने सूचना समेत प्रहरीलाई प्राप्त भएको थियो  । 

जिल्ला प्रहरी कार्यालय कास्की तथा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा  ५  दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निज बालक यस अघि समेत ३ पटकसम्म चोरी मुद्दामा पक्राउ भइसकेको रेकर्डबाट खुलेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom