Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

म्याग्दीका विभिन्न स्थानमा दुई जनाको शव फेला - Brighter Khabar


पौष ६,  म्याग्दीको फरक दुई स्थानमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 


पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीय मनकुमारी पुन र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्का सुजन घर्तीको शव बिहीबार प्रहरीले फेला पारेको जनाएको छ । 


धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी पुनको शव सोही वडाको खोर्वाङ स्थित म्याग्दी खोलाको खोँचमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार पुस ३ गतेदेखि हराइरहेको भन्ने सूचना प्रहरीमा आएको र खोजतलास गर्नेक्रममा खोलाको खोँचमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । 


त्यस्तै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई अन्नपूर्ण–२ भुरुङ तातोपानी बस्ने ३१ वर्षीय सुजन घर्ती पुस २ गते बेलुका ग २२ प ११३० नम्बरको मोटरसाइकल लिएर भुरुङ तातोपानीबाट पोखराका लागि प्रस्थान गरेपछि बेपत्ता हुनुभएको थियो ।


भुरुङ तातोपानी नजिकै नैनीबगर नजिकै सडकभन्दा करिब एकसय मिटर तल कालीगण्डकी नदिको खोँचबाट शव निकालिएको प्रहरीले जनाएको छ । कालिगण्डकी नदीको खोँचबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले घर्तीको शव निकालेको सूचना अधिकारी झाले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom