Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरीगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा खेल महोत्सव सम्पन्न - Brighter Khabar


पोखरा , पौष ६ गते ।  पोखरा महानगरपालिका वडा नम्बर १५ मा अवस्थित मेरीगोल्ड अङ्ग्रेजी आवासीय मा वि मा खेल महोत्सव सम्पन्न भएको छ । 

विद्यालयले विद्यालयको आफ्नै खेलमैदानमा तीन दिवसीय खेल महोत्सव सम्पन्न गरेको हो । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी भएको कार्यक्रम पौष ४ गते देखि ६ गते सम्म सञ्चालन भएको थियो । 

विद्यालयले नर्सरी देखि कक्षा १२ सम्म पूर्व प्राथमिक तह,  प्राथमिक तह, आधारभूत तह र माध्यमिक तहमा  फुटबल , ह्यान्डबल , बास्केटबल , टिटी , दौड , हिसाब दौड , स्याकरेस, स्पुनरेस , म्याचिंग रेस, सँगै विभिन्न प्रकारका खेलहरू सञ्चालन गरेको थियो । 

प्रतियोगितामा करिब चार सय विद्यार्थी विभिन्न विधाका खेलहरूमा  सहभागी भएका थिए । 

साथै विद्यालयले आजकै दिन एक समारोहबिच  विभिन्न खेलका विजेता र उप विजेताहरूलाई मेडल र पुरस्कार प्रदान गरेको थियो ।  रातो , हरियो, निलो र पहेँलो सदन बिचको प्रतिस्पर्धामा रातो सदन ''मेरिगोल्ड खेल महोत्सव- २०८०'' च्याम्पियन बन्न सफल भएको थियो   । 

विद्यालयका संस्थापक निर्देशक मोतीराम गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्याबसन द्वारा आयोजना गरिएको रचनात्मक लेखन प्रतियोगितामा सेकेन्ड रनर अप हुन सफल कक्षा १० कि छात्रा ममता थापालाई सम्मान गरिएको  थियो  ।  

सो पुरस्कार वितरण कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक निर्देशक गुरुङले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । साथै उहाँले आउने दिनहरूमा पनि पढाइ लेखाइ सँगै खेलकुद र अन्य कार्यक्रमहरूलाई पनि विद्यालयले जोड दिँदै  जाने बताउनुभयो । 


Top Post Ad

post bottom ads

Ads Bottom