Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु - Brighter Khabar


सर्लाहीको ईश्वरपुर नगरपालिका –८, रामपुरमा सोमबार दिउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको मृत्यु भएको छ । 


स्थानीय कमल राउतका अढाइ वर्षीय छोरा सोहन राउतको छिमेकी मानबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको हो । खेलिरहेका बालक जस्तापाताले छोपेर राखिएको सेफ्टी ट्याङकीको खाल्डोमा डुबेका थिए ।  


बालक सोहनलाई तत्काल उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि सोमबार साँझ अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।  


सेफ्टी ट्याङकीको खाल्डो कमसल जस्तापाताले छोप्दा दुःखद घटना भएको स्थानीयले बताएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom