Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जन्ती बोकेको गाडी दुर्घटना हुँदा पैदल यात्रु समेतको ज्यान गयो - Brighter Khabar


मङ्सिर २८, जन्ती बोकेको गाडी दुर्घटना हुँदा प्यूठानमा एक जनाको मृत्यु भएको छ । प्यूठानको ऐरावती २ बरौलाबाट खलंगाको बुढाचौर जन्ती लिएर जादै गरेको स्करपियो बरौलाको मोति माध्यमिक विद्यालयको पूरानो भवन नजिकै दुर्घटना भएको प्रहरीले बताएको छ ।


बिहिबार विहान ११:२० बजे लु ३ च ६८७४ नं को स्कापियो अगाडीको टायर पंचर भई ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयाे ।


दुर्घटनामा परि गाडीको अगाडी बाटोमा हिडेका मल्लरानी ३ का वडा सदस्य दामोदर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख ईश्वर थापाले जानकारी दिनुभयाे ।


उहाँका अनुसार दुर्घटनामा घाइते भएकाहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom