Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रोजगारका लागि आवेदन दिन पाउनुपर्ने माग गरेका युवामाथि सरकारको गोली, दुईको ज्यान गयो - Brighter Khabar


पुस १३, कोरिया जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा  भीड नियन्त्रण गर्न भन्दै  प्रहरीले गोली  चलाएको जनाएको छ 
   त्यसक्रममा भएको भागदौडमा अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


गोली लागेर गम्भीर घाइते भएका विरेन्द्र शाहको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिए  । यसैगरी प्रदर्शनका क्रममा भएको भागदौडमा गम्भीर घाइते भएर किस्ट अस्पतालमा उपचारका लागि लगिएका जुम्लाका २३ वर्षीय सुजन राउतको पनि मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक शाहले जानकारी दिए  । प्रदर्शनमा उत्रिएका युवाले आक्रोसमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको  बा २ झ ५८६१ नम्बरको जीपमा पनि आगजनी गरेका थिए  । गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने इपिएस कार्यालयले जनाएको थियो । पानी जहाजमा परीक्षा दिएका तर अनुत्तिर्णले फर्म भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए । उत्पादनमुलक तथा कृषि क्षेत्रमा हुने परीक्षामा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो । इपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो । अदालत जाने बाहेकका परिक्षार्थीले फर्म भर्न नपाउने स्थिति भएपछि उनीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom