काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठका अनुसार काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा सञ्चालन गरेको परीक्षामा ५१.३६ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् ।
डा. श्रेष्ठका अनुसार १८३ परीक्षार्थीमध्ये ९४ जना अर्थात् ५१.३६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । ८९ परीक्षार्थी अनुत्तीर्ण भएका छन् । छ जना परीक्षा दिन आउँदा प्रवेशपत्रमा तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको राजिष्ट्रार श्रेष्ठले जानकारी दिनुभयो।
परीक्षणको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय दस्तुर बुझाई आफ्नो नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेल मार्फत आवेदन गर्न सक्नेछन् ।
यस अगाडि गत साउन १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८.३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । काउन्सिलले वार्षिक रूपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ।