Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मंसिर १ गतेदेखि हराएका ब्यक्ति मृत फेला - Brighter Khabar


पौष ७, गुल्मीमा मंसिर १ गतेदेखि हराएका ब्यक्ति मृत फेला परेका छन् । जिल्लाको रेसुंगा नगरपालिका –७ का ६२ वर्षीय चेतमान चुँदारा शनिबार मृत फेला परेको प्रहरीले जनाएको छ । 


चुँदाराको शव अर्जुनडाँडाको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 


गत मंसिर १ मा घरबाट हिंडेका चुँदाराको खोजी गरिदिन घरपरिवारले प्रहरी र स्थानीयलाई आग्रह गरेका थिए । शवलाई स्थलगत मुचुल्का तयार गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ । 


मुचुल्का तयार पश्चात शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पातलमा ल्याउने तयारी भइरहेको छ । घटना बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom