Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गयो एक जना घाइते, स्थानीयद्वारा बसमा आगजनी- Brighter Khabar

 

मङ्सिर १६, स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्  ।

 रुपन्देहीस्थित लुम्बिनीको महुवारीमा सिद्धार्थ प्रतिभा बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार स्थानीय २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीय रुविना खातुनको ज्यान गएपछि स्थानीयहरूले विद्यालयको उक्त बसमा आगजनी गरेका छन् । 

दुर्घटनामा परी स्थानीय २० वर्षीय अपसाना खातुन गम्भीर घाइते भएकी र उनको  भैरहवा स्थित  अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

बस चालक ऐले फरार रहेको र उनको खोजी कार्य भइरहेको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom