Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लेखनाथ महोत्सवको गेट नजिक फुटपाथमा बस दुर्घटना, एक व्यापारीको ज्यान गयो दुई घाइते - Brighter Khabar


पुस १४ गते , लेखनाथ महोत्सव भइरहेको स्थल नजिक सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

डाँडाको नाक भन्ने स्थानमा चलिरहेको महोत्सव स्थलको गेट नजिकै बसको ठक्करबाट भारत घर भई हाल पोखरा २७ बस्ने इसरावती कुमारीको ज्यान गएको हो ।

अनियन्त्रित भएको बसले गेट नजिकै फुटपाथमा व्यापार गरिरहेकी उनलाई ठक्कर दिएको थियो ।  

३० वर्षकी उनी लेखनाथ महोत्सवमा फुटपाथमा फूल बेच्दै थिइन् । बस अनियन्त्रित भएर फुटपाथमै पसेर ठक्कर दिएको थियो । 

तनहुँको म्याग्देका रामजी गन्दर्भ र पर्साकी चिजमाया गन्दर्भ घाइते भएको कास्की प्रहरीले जानकारी दिए ।

बागलुङबाट पोखरा हुँदै भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिएर दुर्घटना भएको थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom