Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नौ किलो गाँजा सहित बसपार्क क्षेत्रबाट एक युवा पक्राउ - Brighter Khabar


पुस १४, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अबैध रुपमा गाँजा बोकी हिँड्ने एक युवकलाई पक्राउ गरेको छ । 


अबैध रुपमा गाँजा बोकेरे हिँडेको आरोपमा जिल्लाको नमोबुद्ध नगरपालिका–९ का १९ वर्षीय बिश्वास मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले धुलिखेल नगरपालिका –७ स्थित मयूर बसपार्कको सडक छेउमा बोरामा गाँजा बोकेर हिडिरहेको भन्ने बिशेष सुराकीको आधारमा नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरीको टोलीले शुक्रबार दिउँसो पक्राउ गरेको जनाएको छ । 


प्रहरीले मोक्तानको साथबाट नौ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom