ठगीमा परेकामध्ये दोलखाका गोकुलबहादुर कार्कीले क्रोएसियामा होटलमा आकर्षक कमाइ हुने भन्दै पटक पटक गरेर पैसा लिएर एक वर्षसम्म पनि नपठाएको र अहिले आएर बेपत्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार दोलखा जिल्लाबाट मात्रै रिदमले दुई करोड रुपियाँ पैसा असुली गरेका छन् । रिदमबाट ठगिएका १५० जनामध्ये ६०/६५ जना नियमित सम्पर्कमा रहेको पनि पीडितमध्येका कार्कीले जानकारी दिनुभयो ।
रिदम र उनको गिरोहलाई पैसा दिएको बैङ्क डिटेल लिएर आफूसहित २५ जनालाई लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन धाइरहनुभएका कार्कीले सबै प्रमाण उपलब्ध गराउँदा पनि न्याय नपाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । रिदमको गिरोहमा मीनाकुमारी पुनमगर, देवी लामा, ओमकुमारी खपाङ्गी पनि सक्रिय रहेको आरोप पीडितमध्येका अर्का युवा बलराम पराजुलीको छ । उनीहरूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अहिलेसम्म पक्राउ नगरिएको भन्दै उहाँले आक्रोश प्रकट गर्नुभयो । आजको गोरखापत्रमा खबर छ ।