Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा चौपायालाई ठक्कर दिई फरार रहेका बस चालक तनहुँबाट पक्राउ - Brighter Khabar


पोखरा, मङ्सिर २५ । गाईलाई ठक्कर दिई फरार रहेका यात्रुवाहक बसका चालक सहित बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 बाटोमा हिँडिरहेको गाईलाई ठक्कर दिएर भागेको ना ५ ख २११३ नम्बरको यात्रुवाहक बसलाई प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ बेचौताराबाट नियन्त्रणमा लिएको हो ।

बस सहित  धादिङ रोराङ नगरपालिका  वडा नम्बर ३ बस्ने वर्ष २८ को रोशन ठकुरीलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ  ।

पोखरा महानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र स्थित पृथ्वी राजमार्गमा पोखरादेखि काठमाडौँ तर्फ जाँदै गरेको उक्त बसको ठक्करबाट उक्त गाईको घटनास्थलमै मृत्यु भएको थियो ।

 ठक्कर दिने सवारी साधन भागी फरार रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी टोलीले उक्त बसको खोजतलास गरिरहेको थियो  ।

चालकलाई सम्मानित कास्की जिल्ला अदालतबाट पशुपक्षी सम्बन्धी मुद्दामा  दश दिनको  म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom