Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गए राति मोटरसाइकल वर्कसपमा आगलागी हुँदा लाखौँको क्षति, एक जना घाइते - Brighter Khabar


मङ्सिर १७, सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १० स्थित रिना मोटरसाइकल वर्कशपमा शनिबार बेलुका भएको आगलागीबाट करिव दश लाख रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको छ ।


सो आगलागीमा परी एक जना घाइते भएका छन् । आगो निभाउने क्रममा वर्कशपका संचालक शम्भु यादव घाइते भएको प्रहरीले जनाकारी दिएको छ । घाइते यादवको उपचार स्थानीय एक क्लिनिकमा भइरहेको छ । उनको अवस्था सामान्य रहेको परिवारजनले जनाएको छ ।


स्थानीय एवम् प्रहरीको सहयोगमा एक घण्टापछि आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागीको बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom