Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

महिला र बालिकाहरूलाई भारत लगेर यौ'न धन्दामा संलग्न गराउने मुना प्रहरीको नियन्त्रणमा - Brighter Khabar

सांकेतिक तस्विर 


मङ्सिर १६, भारतमा लगेर बालिकाहरू बेचबिखन गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पश्चिम नेपालका सुर्खेत, दैलेखलगायतका पहाडी जिल्लाबाट महिला तथा बालिकालाई भारत लगी बिक्री गरेको आरोपमा प्रहरीले  बाँकेको बैजनाथ गाउँपालिका–८ घर भएकी ३९ वर्षीय मुना ठकुरी भन्ने मुनाकुमारी मल्ललाई पक्राउ गरेको हो।

आकर्षक रोजगारीको प्रलोभन देखाई नयाँ दिल्लीस्थित यौन गतिविधि हुने केन्द्रमा लगी बेचबिखन गरेको भन्ने जाहेरी दरखास्तका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मल्ललाई पक्राउ गरेको हो ।

पीडित भागेर हिँड्दासमेत पुनः पिछा गरी समातेर सोही गतिविधिमा लगाउने गरेको प्रारम्भिक  अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानबाट मल्लको संलग्नतामा पीडितलाई भारतको दिल्लीबाट अन्य स्थानमा यौन गतिविधिका लागि पठाउने गरेको पाइएको छ।  

ब्युरोका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार उनले भारतमा घरको सरसफाइमा राम्रो कमाइ हुने प्रलोभन देखाई महिलालाई नेपालबाट लैजाने गरेको र यसरी लैजाँदा ग्रामीण इलाकाका आर्थिक अवस्था कमजोर भएका, कम पढेलेखेका, एकल महिलालाई लक्षित गर्ने गरेको भेटिएको छ ।

उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशले म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जानकारी दिएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom