टिकटकले आफ्नो टोली नेपालमा रहेको जनाउँदै छलफलमार्फत अघि बढ्न आग्रह गरेको छ। उहाँले भन्नुभयो, “टिकटकले पत्र पठाएको छ। स्वनियमनका मान्यता र सरकार तथा मन्त्रालयले भनेका कुरा मान्न चाहन्छौँ, छलफल गर्न चाहन्छौँ भनेर पत्र लेखेको छ।” यसबारेमा सरकारले कुनै निर्णय गरेको छैन।
सरकारले कात्तिक २७ गते टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटक प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने निर्णय गरेको थियो।