Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वनभोज गएको बस दुर्घटना : ३५ यात्रु घाइते, केहीको अवस्था गम्भीर - Brighter Khabar


पुस १५, दाङमा बस दुर्घटना हुँदा ३५  जना  यात्रु घाइते भएका छन् । 

बर्दियाबाट चखौरा अवलोकन भ्रमणमा जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१३ भञ्ज्याङ् नजिक ब्रेक फेल भएर दुर्घटना भएको हो ।


धेरै  घाइतेहरु खतरामुक्त रहेको र केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।


बर्दियाको बढैयाताल गाउँपालिका-६ को कृषक समूहका सदस्य दाङ भ्रमणमा आउँदै गरेका थिए । बसमा ४०/४५ जना सवार रहेको र केही घाइतेहरुलाइ उपचारको लागि बाँके लगिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom