Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

क्रोएसिया र माल्टा पठाउने भनी लाखौँ रुपैयाँ ठगेर वेपत्ता भएका ३ जना पक्राउ - Brighter Khabar


मंसिर १५ गते । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौँ ठगी गरी सम्पर्कविहीन बनेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार सर्बिया जान प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख रुपियाँ हुन्छ भनी प्रलोभनमा पारी बारा जितपुरसिमरा उपमहानगरपालिका–१ का २५ वर्षीय दिपेश बास्कोटाले बल बहादुर थापासँग पटकपटक गरी सो रकम लिई सम्पर्कविहीन रहेका थिए ।


यस्तै, सिन्धुपाल्चोक त्रिपुरासुन्दी गाउँपालिका–६ घर भई हाल ललितपुर बस्ने ४६ वर्षीय भवानी बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।


उनले बाबुराम कार्कीलाई क्रोएसियामा जान दश लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब एक लाख २० हजार रुपियाँ हुन्छ भनी पीडितबाट दुई लाख रुपियाँ लिई सम्पर्कविहीन भएका थिए ।


यसैगरी, प्रहरीले माल्टा पठाउने भनी छ लाख आठ हजार रुपियाँ लिई सम्पर्कविहीन बनेकी धादिङ घर भई हाल काठमाडौँ बस्ने २९ वर्षीय लक्ष्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।


श्रेष्ठले कुलमान कुमालसहति दुई जनालाई माल्टा जान प्रतिव्यक्ति नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक तलब एक लाख रुपियाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी छ लाख आठ हजार रुपियाँ रकम लिई सम्पर्कविहीन भएका थिए ।


प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, तहाचल पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom