Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाकी ५० वर्षीय निरु मङ्सिर २१ देखि परिवारसँग सम्पर्क विहीन खोजी गरिदिन अपिल - Brighter Khabar


स्याङ्जा - स्याङ्जा पुतली बजार नगरपालिका वडा नं. ४ ठुली बेसीकी निला कुमारी सापकोटा ( निरु)  सम्पर्क विहीन भएकी छिन् ।

५० वर्षीय निरु मङ्सिर २१ गते देखि सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

कसैलाई नसोधी हिँडेको र हालसम्म घरमा फर्की नआएको, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाउँ भनी भनी परिवारले प्रहरीमा उजुरी समेत दिएको छ ।

हराएको बखत लगाएको खैरो कुर्ता, स्पोर्ट जुत्ता, खैरो कलरको साइड ब्याग भिरेको परिवारको भनाइ छ ।

परिवारका अनुसार कालो कपाल, गहुँगोरो, मोटो शरीर भएकी र उचाइ अन्दाजी ४ फिट ८ इन्च रहेको छ ।

भेट्ने जो कसैले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom