Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

धा'रि'लो ह'ति'या'र प्रयोग गरी श्रीमतीको ह'त्या गर्ने श्रीमान पक्राउ - Brighter Khabar


मङ्सिर २०, धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।


जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता भवानीप्रसाद धमलाले धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार श्रीमतीको हत्या गर्ने वर्ष ४० का डम्मर सार्की हत्या पछि प्रहरी चौकी ढोडचौर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।


हत्या आरोपी सार्कीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको छ । घटनास्थलबाट प्रहरीले रगत लागेको बन्चरो र दाउरा बरामद गरेको प्रहरीले जनाएको छ ।

मृत सितली सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom