Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा विभिन्न स्थानबाट लागु औषध सहित ५ जना पक्राउ - Brighter khabar


पौष १, कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित ५ जना  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औषध सहित ५ जनालाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले चितवन रत्न नगर नगरपालिका  वडा नम्बर ०९ स्थायी घर भई हाल पोखरा वडा नं.०६ जरेबर बस्ने  २७ वर्षीय  सन्दीप श्रेष्ठलाई  १ किलो लागू औषध गाँजाको धुलो जस्तो देखिने (पोल्यान) सहित पक्राउ गरेको हो ।

त्यस्तै पोखरा १७ ड्यामसाईड बस्ने  २१ वर्षीय  बिजन सापकोटालाई ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसै गरी  वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला पोखरा महानगरपालिका वडा नं.१० रङ्गशाला गेट अगाडी रहेको खाजा घरमा लागू औषधको कारोबार भई रहेको भन्ने सूचनाको आधारमा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागू औषध गाँजा जस्तो देखिने पदार्थ १ किलो २८० ग्राम र नगद रु.८७,४३५।– सहित पोखरा  १० रङ्गशाला बस्ने वर्ष ४९ की देवी माया गुरुङलाई पक्राउ गरेको हो ।

त्यस्तै  वडा प्रहरी कार्यालय गगन गौडाबाट खटिएको प्रहरी टोलीले पोखरा ३० पावर हाउस चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा सवार पोखरा महानगरपालिका वडा नं.०८ बगाले टोल बस्ने  २३ वर्षीय  राजन कुँवर र  पोखरा  ९ न्यूरोड बस्ने  ३३ वर्षीय  विष्णु कुँवरलाई लागू औषध डाईजापाम ४० एम्पुल, फेनारगन ४० एम्पुल र नुर्फिन ४० एम्पुल गरी जम्मा १२० एम्पुल लागू औषध सहित पक्राउ गरेको जिल्ला  प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार  निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom