Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुबई पठाउने बाहानामा दुई दुई लाख ठगि गर्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा - Brighter Khabar


मंसिर २५ गते । दुबईमा वैदेशिक रोजगारीमा पठाउने भनी एक लाख ९५ हजार रुपियाँ ठगी गर्ने ३४ वर्षीय लक्ष्मण श्रेष्ठ पक्राउ परेका छन् । 


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार स्थायी घर धनकुटा चौबिसे गाउँपालिका १ भइ हाल काठमाडौं बाफल बस्ने श्रेष्ठले विवेक पाटकलाई दुबई जान प्रतिव्यक्ती दुई लाख ४० हाजर रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक ५० हजार रुपियाँ तलब हुन्छ भनी प्रलोभनमा पारेका थिए ।


पीडितबाट पटक–पटक गरी सो रकम लिइ सम्पर्कविहिन बनेका उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom