Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलोग्राम सुन सहित घले पक्राउ - Brighter khabar


मङ्सिर २२, गए राति दुबाईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ आएका एक व्यक्तिबाट १४ किलोग्राम सुन बरामद भएको छ ।


प्रहरी र भन्सार कार्यालयका कर्मचारीको टोलीले सुनसहित चन्द्र घलेलाई पक्राउ गरेको छ ।


नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार गोरखा वारपाकका चन्द्र घले सुनसहित जहाजबाट अवतरण हुने क्रममा पक्राउ परेका हुन ।


घले फ्लाई दुबाईको फ्लाइटबाट काठमाडौँ उत्रेका थिए ।


डिआइजी कडायतका अनुसार सुनसहित पक्राउ परेका घलेलाई थप कारवाहीका लागि भन्सार विभाग बुझाइएको छ ।


शरिरमा लुकाएर ल्याएको अवस्थामा  घले पक्राउ परेका थिए ।


केही समय अघि ठूलो परिमाणमा भएको सुन तस्करीको चर्चा सेलाउन नपाउँदै फेरि अर्को सुन तस्करीको प्रकरण थपिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom