पौष ५, सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ८ कोशी पलारबाट विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल बरसाईन बिओपीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ लैजानका लागि बालुवा तथा खरघारीमा लुकाई राखेको अवस्थामा गाँजा भेटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी एवंम् डीएसपी मोहनराज बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार बरामद भएको गाँजा आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको जानकारी दिनुभयो ।