बार काउन्सिलले नेपाल खुला विश्वविद्यालयमा कानुनमा स्नातक अध्ययन गरेका विद्यार्थीलाई परीक्षामा सहभागिता रोकेको भन्दै केही विद्यार्थीहरु काउन्सिल विरुद्ध सर्वोच्च पुगेका थिए ।
यो विषयसँग सम्बन्धित अरु रिटहरु संवैधानिक इजलास र दोहोर्याई हेरी पाउँको क्रममा रहेकाले त्यसलाई अन्तिम सुनुवाइकै बखत निरुपण हुने ठहर संयुक्त इजलासले गरेको छ।
‘‘प्रस्तुत निवेदनसँग सम्बन्धित सबै निवेदनहरुलाई एकै साथ राखी पेशी चढाई सुनुवाई गर्न मुद्दा व्यवस्थापन महाशाखाले यशोचित व्यवस्था मिलाउनु होला अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन,” आदेशमा भनिएको छ ।