Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कर्मचारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गयो - Brighter khabar


मङ्सिर २७, बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरी र आन्दोलनरत कर्मचारीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय सिम्रौनगढ-१ का २५ बर्षीय लक्ष्मी मुखिया बिन रहेका बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । अर्का  १ जना गम्भीर घाइते भएका छन् ।


मृतकको टाउकोमा गोली लागेको र घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन ।


अर्का घाइते हरियरपुरका रहेको र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।


सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा आन्दोलनरत कर्मचारीहरुले हाजिर गर्न नदिएपछि सुरु भएको विवादले भिडन्तको रुप लिएको थियो ।


विवाद बढ्दै गएपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गरेको थियो ।  प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । प्रदर्शनकारीको आक्रमणबाट १० जना प्रहरी घाइते भएका बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।


नगरपालिकाकामा कार्यरत स्थायी,  करार  र ज्यालादारी कर्मचारीहरुले लामो समयसम्म तलव नपाएपछि  आन्दोलन गर्दै आएका थिए ।


आन्दोलनरत कर्मचारीहरुले वार्ता पछि मात्र कार्यकारी अधिकृतलाई हाजिर गराउनुपर्ने माग गरेका थिए । तर नगरप्रमुखले एकाएक कार्यकारी अधिकृतलाई हाजिर गराउन खोजेपछि भिडन्तको अवस्था आएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ।

Top Post Ad

post bottom ads

Ads Bottom