Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा एकाबिहानै कारले ठक्कर दिँदा दुई जनाको ज्यान गयो , चालक फरार - Brighter Khabar


पुस १०,  पोखरामा आज बिहानै कारको ठक्करबाट दुई जनाको ज्यान गएको छ ।  बागलुङ बसपार्कबाट जिरो कि.मी. तर्फ जाँदै गरेको बा १३ च ३७२१ नं. को कारले ठक्कर दिँदा  पैदल यात्री ढालेन्द्र छन्त्याल र अर्का एक अपरिचित व्यक्तिको  ज्यान गएको हो । 

बागलुङ ढोरपाटन न.पा. ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर  ३ नदीपुर बस्ने  २० वर्षीय  छन्त्याल र नाम थर वतन नखुलेको अन्दाजी ३५ वर्षीय जस्तो देखिने पुरुषलाई कारले  ठक्कर दिएर घाइते बनाएपछि उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

 कार वडा प्रहरी कार्यालय  बैदामको नियन्त्रणमा रहेको र  कार चालक फरार रहेकोले खोज कार्य भइरहेको प्रहरीले जनाएको छ। 

उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठको कमान्डमा १५ जनाको टोली खटिएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom