Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज हुने उल्का वर्षा नेपालबाट पनि स्पष्ट देखिने - Brighter khabar


मङ्सिर २८,  उल्का वर्षाको रमाइलो दृश्यसँगै आज राति नेपालका आकाश पनि उल्कै राम्रो देखिने खगोलविद्ले बताएका छन्। आकाश खुलेको छ भने आज राति नेपालको जुनसुकै ठाउँबाट सुन्दर दृश्य नियाल्न सकिने खगोलविद्ले बताएका छन्।


नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिने भएकाले पनि यस तर्फ धेरैको चासो बढेको छ। नेपालको जुनसुकै ठाउँबाट बेलुका ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म उल्का वर्षा अवलोकन गर्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।


अमेरिकाको अन्तरिक्ष संस्था नासाले  यो उल्का वर्षाको दृश्यलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा मानेको छ। विभिन्न रङ्गमा देखिने आगोको गोलाजस्तो रङ्गीचङ्गी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा धेरैको उत्सुकता बढेको छ।


यो वर्ष मङ्सिर १८ गतेदेखि सुरु भएको मिथुन उल्का वर्ष पुस १ गतेसम्म सक्रिय रहने भट्टराईले जानकारी दिए। अत्यधिक सक्रिय भने आज राति हुने र अत्यधिक सक्रिय भएका बेला प्रतिघण्टा १५० वटासम्म उल्का देखिन सकिने उनी बताउँछन् । उल्का वर्षाको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्का वर्षा नामकरण गरिएको हो।


उल्का वर्षा के हो ?


पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरू छोड्ने गर्दछ। जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्। यसैलाई उल्का वर्षा भनिन्छ।

Top Post Ad

post bottom ads

Ads Bottom