Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आफैंले बोकेको बन्दुक पड्किँदा एक जनाको ज्यान गयो - Brighter Network


मङ्सिर २४ गते । पाल्पामा आफैंले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका-४, मित्याल गाँङ्सिङ्डाँडाका ४८ वर्षीय डम्बर बहादुर सारु छन् ।


घर नजिकैको बारीमा फाँपर खान आएको जङ्गली जनावर दुम्सीलाई मार्ने क्रममा लड्दा अचानक भरुवा बन्दुक पड्किएपछि छर्राले लागेर सारु गम्भीर घाइते हुनुभएको थियो। 


गम्भीर घाइते हुनुभएका सारुको रामपुरस्थित रामपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ३ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom