Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ताजा लोकसेवा सामान्य ज्ञान , वस्तुगत प्रश्न उत्तर संगालो - Loksewa GK

 


१. सरकारले युरोपेली राष्ट्र पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय कहिले गरेको हो ?

विसं २०८० कात्तिक २


२. भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

डिसेम्बर ९


३. अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज प्याजेन्ट्स–२०२३ को उपाधि कसले जित्यो ?

मिसतर्फ : एरिका हारा र मिसेसतर्फ : वुुवान्दर जिर्लेथ (भेनेजुयला)

४. नारायणगोपाल स्मृति पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

स्वर किन्नरी तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिक 

५. बागमती प्रदेशमा नेपाली भाषाका अतिरिक्त कुन भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाएका छन् ?

तामाङ र नेपाल भाषा

६. एसोसिएसन अफ टेनिस (एटिपी) मा यस वर्ष (२०२३) को नम्बर वान खेलाडी को बनेका छन् ?

नोभाक जोकोभिच (सर्बिया) 

उनले आठौँ पटक यो उपाधि जितेका हुन् । यो पुरुष खेलाडीतर्फको कीर्तिमान पनि हो । 

७. टाइम एथलेट अफ द इयर–२०२३ घोषित खेलाडी को हुन् ?

लियोनेल मेसी 

अमेरिकाको चर्चित पत्रिका टाइमले यस पटक एथलेट विधामा मेसीलाई चुनेको छ ।

टाइमको एथलेट अफ द इयर घोषित हुने मेसी पहिलो पुरुष फुटबलर बनेका छन् ।

टाइमले अर्जेन्टिनालाई विश्वकप दिलाउन निर्वाह गरेको भूमिकाका अतिरिक्त अमेरिकामा फुटबलको विकास र यसको लोकप्रियता बढाउन योगदान गरेका कारण पनि वर्ष खेलाडी घोषणा गरिएको जनाएको छ । 


८. ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनल–२०२३ अवार्ड जित्न सफल नेपाली प्रतिभा को हुनुहुन्छ ?

आरुष भट्टराई (२०८० मङ्सिर)

नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुग्नुभएका उहाँले विभिन्न देशका प्रतिस्पर्धीलाई पछि पार्दै केटा समूहको उपाधि जित्नुभएको हो । 

मलेसियामा आयोजित सो प्रतियोगितामा नेपालसहित भारत, मलेसियालगायत देशका बालबालिका सहभागी भएका थिए । 

आरुषसँगै प्रतियोगितामा सहभागी एल्भिरा महर्जनले मिस किड अलुरिङ औरा ग्रान्ड ग्लोबल एम्बेसडर इन्टरनेसनलको उपाधि हासिल गर्नुभएको थियो । 


९. इजरायल–हमास युद्धमा युद्धविरामका निम्ति संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो प्रयोग गर्ने राष्ट्र कुन हो ?

अमेरिका 

युद्धविराम आह्वान गरिएको सुरक्षा परिषद्को प्रस्तावलाई अमेरिकाले सन् २०२३ डिसेम्बर ८ मा भिटो लगाएको हो । उक्त प्रस्तावले हमासलाई ७ अक्टोबर, २०२३ मा गरेको हमलालाई दोहो¥याउन सक्षम बनाउने भन्दै भिटो लगाउनु परेको अमेरिकाले जनाएको थियो ।

इजरायली अधिकारीका अनुसार इस्लामिक लडाकु हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको हमलामा अधिकांश सर्वसाधारणसहित करिब एक हजार २०० मानिसको मृत्यु भएको थियो । त्यस्तै हमासले करिब २४० जनालाई बन्धक बनाएको थियो । 

इजरायलले जवाफमा गाजा क्षेत्रमा आव्रmामक हमला गरिरहेको छ । हमलामा प्यालेस्टिनी क्षेत्रमा अधिकांश सर्वसाधारणसहित १७ हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाइएको छ ।


१०. १७ औँ हात्ती तथा पर्यटन महोत्सव कहिले गरिने भएको छ ?

विसं २०८० पुस १०–१४, चित्रसारी (चितवन) 

कोरोनाका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि पुनः सञ्चालन हुने भएको छ । 

यस पटक चित्रसारीको चौरमा महोत्सव गरिने छ । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएको थियो । 


११. ११ औँ संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कहिले र कहाँ सम्पन्न भएको हो ?

विसं २०८० मङ्सिर २३–२६, काठमाडौँ

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा भएको महोत्सव नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सम्पन्न भएको छ ।

विश्वभरिबाट खुला आवेदनमार्फत सङ्कलन गरिएका डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ वटा चलचित्र महोत्सवमा प्रदर्शन गरिएका थिए ।

‘सामूहिक अधिकार’ नारासहित आयोजित महोत्सवमा नेपालसहित फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, जर्मनी, इटाली, आयरल्यान्ड, नर्वे, युव्रmेन, ओमान, बङ्गलादेश, भारतलगायत देशबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिएको थियो । 


१२. सिकल सेल एनिमिया नेपालको कुन जाति समुदायमा देखिने गरेको छ ?

थारू

स्वस्थ रातो रक्तकोषको कमी हुने रगतसँग सम्बन्धित एक प्रकारको वंशाणुगत रोग हो । 

जन्मेको चार महिनापछि मात्र शिशुमा देखिन्छ । 

राता रक्तकोषको आयु १२० दिन हुन्छ तर सिकल कोष २० दिनमै मर्ने जसले गर्दा रगतमा राता रक्तकोषको कमी भई रक्तअल्पताको समस्या हुन्छ ।

लक्षण ः हड्डी दुख्ने, हातगोडा सुन्निने, दृष्टिमा समस्या उत्पन्न हुने, नङ तथा छालाको रङ खुइलिने, शारीरिक विकास अवरुद्ध हुने हुन्छ । 

अफ्रिका, दक्षिण अमेरिका, ग्रिस, अरब, क्यारेबियन, भारतका बासिन्दामा यो रोग बढी देखिएको छ । 


१३. नेपाल राष्ट्र बैङ्कद्वारा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (२०८० मङ्सिर २२ मा प्रस्तुत) अनुसार आश्विन मसान्तसम्म मुद्रास्फीति कति रहेको छ ?

७.५ प्रतिशत

समीक्षाबाट गरिएका व्यवस्था 

७.५ प्रतिशतको बैङ्क दर घटाई ७ प्रतिशत कायम, 

६.५ प्रतिशतको नीतिगत दर घटाई ५.५ प्रतिशत,

४.५ प्रतिशतको निक्षेप सङ्कलन, बोलकबोल दरलाई ३ प्रतिशत कायम, 

रियल स्टेट र ५० लाख रुपियाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम । 

भूकम्प प्रभावितका रूपमा सूचीकरण गरिएका परिवारलाई २५ लाख (प्रिमियम दर २ प्रतिशत नाघ्न नपाउने गरी) रुपियाँसम्मको सस्तो दरको आवासीय घर कर्जा । 

बक्यौता ब्याजको १० प्रतिशत असुल गरी चैतसम्म कर्जाको पुनर्संरचना गर्न पाइने ।


१४. आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव कहिले र कहाँ सम्पन्न भएको हो ?

विसं २०८० मङ्सिर २१–२५, पोखरा


१५. संयुक्त राष्ट्रसङ्घ महासभाका प्रथम अध्यक्ष को हुन् ?

पाउल हेनरी स्पाक (बेल्जियम, सन् १९४६), प्रथम महिला अध्यक्ष ः भारतकी विजयालक्ष्मी पण्डित 

(सन् १९५३)


१६. राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ ?

माघ १

नेपालमा विसं २०७९ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

पहिलो दिवसको नारा ः जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता ।

कृषि जैविक विविधताको महìव, मूल प्रवाहीकरण, संरक्षणका लागि विधि र पद्धतिको विकास गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ ।


१७. नहर तथा जियोलोजी अड्डाको स्थापना कहिले भएको हो ?

विसंं १९८६

नेपालमा भौगर्भिक अध्ययन एवं खानी अन्वेषणका लागि विसंं १९८६ मा सर्वप्रथम नहर तथा जियोलोजी अड्डाको स्थापना गरिएको हो ।

नहर तथा जियोलोजी अड्डालाई विसंं १९९९ मा खानी अड्डा र विसंं २०२४ मा भौगर्भिक सर्वेक्षण विभाग बनाइएको हो ।

२०३३ मा सो विभागलाई खानी तथा भूगर्भ विभाग नामकरण गरिएको हो ।


१८. ग्यालेन्ट कन्जर्भेसन अवार्ड पाउने पहिलो नेपाली को हुन् ?

डा. मुकेशकुमार चालिसे 


१९. नेपाल रामसार महासन्धिको सदस्य राष्ट्र कहिले बनेको हो ?

सन् १९८८ अप्रिल १७

रामसार महासन्धि सन् १९७१ फेब्रुअरी २ मा पारित भएको हो ।

रामसार महासन्धि सन् १९७५ डिसेम्बर २१ देखि लागु भएको हो । 

प्रधान कार्यालय स्विट्जरल्यान्डको ग्ल्यान्डमा रहेको छ । 

नेपालले सन् १९८७ डिसेम्बर १७ मा महासन्धिलाई अनुमोदन गरेको हो ।


२०. सेतो कोइला भनी केलाई चिनिन्छ ?

जलविद्युत् 

ग्रिन गोल्ड ः चिया

ब्ल्याक गोल्ड ः पेट्रोलियम पदार्थ 

खोल्साको सुन ः अलैँची 

वाणिज्यको खैरो कागज ः जुट 

ग्रिन गोल्ड प्लान्ट ः बाँस 

यल्लो लिभिङ गोल्ड, वायोलोजिकल गोल्ड ः यार्सागुम्बा

प्रकृतिको कुचिकार ः गिद्ध

किसानको सारथि ः सारस

मरुभूमिको जहाज ः ऊँट 


२१. बहुपक्षीय कर्जादाता निकाय अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) द्वारा २०८० मङ्सिर २१ मा सार्वजनिक प्रतिवेदन अनुसार आव २०२३÷२४ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

३.५ प्रतिशत


२२. नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०६९ साउन १२ गतेको निर्णय अनुसार कौसीतोषाखाना कार्यालयको नाम परिवर्तन गरी के बनाइएको छ ?

निवृत्तिभरण व्यवस्थापन कार्यालय

Top Post Ad

post bottom ads

Ads Bottom