Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्थानीय मदिरालाई ब्राण्डिङ गर्दै स्याङ्जा - Syangja Update

साँकेतिक तस्विर 


स्याङ्जा , स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्ने उद्देश्यका साथ स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने जनाएको   छ । 

पालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिए  । 

मङ्गलवार जनप्रतिनिधि, कर्मचारी र विज्ञहरूको सहभागितामा बसेको छलफलबाट  पालिकाले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको हो ।

नगरको आर्थिक वृद्धिका लागि र ग्रामीण तहका नागरिकलाई  आत्मनिर्भर बनाउन  घरेलु मदिरालाई ब्राण्डिङ र बेबलिङ गर्ने कार्य सुरु गर्न लागेको  नगर प्रमुख खाँणले जनाएका छन्   ।  स्थानीय स्तरमा उपलब्ध कोदोको साथै आँप, लिची, चिउरी, बेलौती,भुईँ स्याउ लगायतका फलफूलहरूको उपयोग गरी मदिरा उत्पादन हुँदै आएको उनको भनाइ छ । 

घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने पालिकाले जनाएको छ  ।  पालिकाका अनुसार  यसबाट पालिका भित्रका एक हजार पाँच सय घरधुरी लाभान्वित हुनेछन् । 

Top Post Ad

post bottom ads

Ads Bottom