Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जापानको नोटो क्षेत्रमा शक्तिशाली भूकम्पः आठ जनाको मृत्यु, प्रभावितको खोजी तथा उद्धार जारी


काठमाडौं- जापानको पश्चिम तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा आठ जनाको मृत्यु भएको छ । जापानको नोटो क्षेत्रमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।


भूकम्पले कानाजावा, वाजिमा र तोयामा शहर बढी प्रभावित भएका छन् । घर तथा भवनहरु भत्किएका छन् भने सडक र संचार सेवा अवरुद्ध भएको छ । प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकोले घाइतेहरुको विवरण आइ नसकेको बीबीसीले उल्लेख गरेको छ ।


भूकम्पपछि हजारौ मानिसले खुला ठाउँमा रात बिताएका थिए । घर छाडेकाहरुलाई जापानी सेनाले खाना, पानी र ओढ्ने कपडाको व्यवस्था गरेको थियो ।


भूकम्पपछि पनि थप केहीदिन परकम्प आउन सक्ने त्यहाँको मौसम पूर्वानुमान निकायले जनाएको छ । तर सुनामी आउन सक्ने चेतावनी भने हटाइएको छ । जापान भूकम्प गैरहने मुलुकका रुपमा चिनिएको छ । त्यहाँका संरचना भूकम्प प्रतिरोधी हुनाले यसको क्षति कम हुने बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom