Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउदी जान भनी घरबाट हिँडेका युवाको फ्लाइट छुटेपछि सम्पर्कविहिन - Brighter khabar


पुस १६ गते । खाडी मुलुक साउदी अरब जान भनी पाल्पाबाट काठमाडौँ पुगेका एक युवक सम्पर्कविहीन हुनुभएको छ । पूर्वखोला गाउँपालिका–१ माझकोटका २३ वर्षीय युवक विक्रम पङ्गेनी एक सातादेखि सम्पर्कविहीन हुनुभएको हो । 


आठ दिनदेखि छोरा सम्पर्कमा नआएपछि खोजी कार्यमा सहयोग गरिदिन विक्रमका बुवा जगन्नाथ पङ्गेनीले सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ । १८ महिनाअघि रोजगारीको सिलसिलामा साउदी अरब पुग्नुभएका विक्रम ४५ दिनको बिदामा घरमा आएर पुनः साउदी जान भन्दै गत पुस ३ गते काठमाडौँ जानुभएको थियो । काठमाडौँ पुगेपछि ६ गतेको फ्लाइटमा नगई विक्रम सम्पर्कविहीन भएको परिवारको भनाइ छ । 


विक्रमले फ्लाई दुबईमार्फत २२ डिसेम्बर २०२३ अर्थात पुस ६ गते ००ः४५ मा काठमाडौँबाट उडेर दुबई हुँदै ९ः०० बजे साउदीको रियाद पुग्ने जहाजको टिकट काट्नुभएको थियो । पुस ६ गते साँझ त्रिभुवन विमानस्थलभित्र प्रवेश गरी आफूले सामान चेकजाँच गराएको भनी फोन गरेका विक्रम त्यसपछि भने सम्पर्कमा नआएको उहाँले बताउनुभएको छ । 


काठमाडौँस्थित टिकट काउन्टरले २२ डिसेम्बर ००ः४५ मा विक्रम दुवई गएको नदेखिएको जनाएको छ । विक्रम पुस ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएको तर फ्लाइट छुटेपछि राति ११ ः२० मा विमानस्थलबाट बाहिरिएको र अहिलेसम्म सम्पर्कविहीन रहेको विक्रमका दाजु सागर पङ्गेनीले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom