Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रात्री बस नदिमा खस्दा ५ जनाले ज्यान गुमाए, २६ घाइते - Brighter khabar


दाङको भालुबाङमा राप्ती नदी पुलबाट यात्रुवाहक बस नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।


शुक्रबार राति नेपालगन्जबाट काठमाडौँतर्फ आइरहेको भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेर दुर्घटना हुँदा ५ जनाले ज्यान गएको हो ।


 त्यस्तै  दुर्घटनामा २६ जना घाइते भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।


दुर्घटनामा घाइते यात्रुलाई प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारका लागि लगिएको छ। मृतक र घाइतेहरुको भने पहिचान खुल्न सकेको छैन। 


घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दाङका सई राम बहादुर चौधरीले जानकारी दिए।

Top Post Ad

post bottom ads

Ads Bottom