Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

शुक्रबार एकाबिहानै बस दुर्घटना , १५ जना घाइते - Brighter Khabar


माघ ६, दार्चुलामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । सदरमुकाम खलंगाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका-५ स्थित डम्पिङ साइट नजिकै आज बिहान ६ बजेतिर दुर्घटना भएको हो ।


घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।


घाइतेहरुको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । बस सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जनाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom