Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गोरखामा कटहरको रुख काट्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयो - Brighter Khabar


माघ ६, गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । 


मृत्यु हुनेमा पालुङटार नगरपालिका–६  गाँइखुरका ४८ बर्षिय अनन्त परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँका अनुसार परियारले आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा हाइटेन्सन लाइनमा रुखले छोए पछि रुखबाट लडेर गंभिर घाईते भएका थिए ।


घाईते परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।बिहीबार दिउसो १२ः३० बजे रुख काट्ने क्रममा घाईते भएका परियारको उपचारको क्रममा सोही दिन दिउसो १ः४० बजे मृत्यु हो ।


परियारको दमौली अस्पतालमा पोस्टमार्ट पछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom