Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फलामे पुल भाँचिदा दुई जना कामदार घाइते - Brighter Khabar

स्रोत:एन टि 


माघ ७, पाल्पाको झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरेको फलामे पुल भाँचिदा दुई जना कामदार घाइते भएका छन् । शनिबार फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएको हो ।


पुल भाँचिएर घाइते हुनेमा तिनाउ गाउँपालिका-४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने २२ वर्षको लक्षु माझी रहेको प्रहरीले जनाएको छ ।


गाहाको दुवै खुट्टा भाँचिएको र माझीको खुट्टामा चोट पटक लागेको हुँदा उपचारका लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको दोभान प्रहरी चौकीका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिनुभयो ।


घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका वडा नं.३ र ४ को सीमानामा रहेको झुम्सा खोलामा झुम्सा खानेपानी आयोजनाले बुटवलमा पानी लैजान पाइप बिच्छाउने र अन्य स्ट्रक्चरको काम गरिरहेको छ ।


निर्माण व्यवसायीको काम र प्राविधिकको लापरवाहीले गर्दा फलामले बनेको पुल नै भाँचिएको स्थानीयले बताएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom